Banner News

हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ, सरस्वतीले त्यस्ताे प्रकाश देउन् : प्रधानमन्त्री



काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरस्वती पूजाको अवसरमा समस्त देशवासी तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन ।

प्रधानमन्त्री ओलिले एक सन्देश जारी गर्दै भनेका छन, ‘वैदिक कालदेखि नै प्रज्ञाप्रकाशको प्रतीकका रुपमा सरस्वती पूरा गरी मनाईंदै आएको यस पर्वका अवसरमा काव्याविनोदीः स्रष्टा, सर्जक, साहित्य, संगीत, कला साधक तथा ज्ञानका अध्येताहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।’

‘हामी नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर, अब्यवस्थाबाट सदाचारतिर अघि बढाउँदै छौं । यसबाट समृद्ध नेपाल–सुखी नेपालीको आकांक्षा पूरा हुनेछ । जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनु पर्नेछ, ‘त्यस्तो सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा मा प्रज्ञाप्रकाश आवश्यक छ । ज्ञानकी प्रतीक मानिने सरस्वतीको जन्मजयन्तीका रुपमा मनाइने वसन्तपञ्चमीका अवसरमा समस्त दिदीबहिनी–दाजुभाइहरुमा त्यस्तो प्रज्ञाप्रकाश प्राप्त हुन सकोस्, वसन्त पञ्चमीको हार्दिक शुभकामना !’