काठमाडौँ, १६ माघ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस सङ्क्रमणबारे सम्पूर्ण विश्व सावधान अपनाउन आह्वान गरेको छ ।
डब्लुएचओको स्वास्थ्य आपत्काल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन् ।
डाक्टर माइक र्यानले घातक भाइरससँग जुझ्न चीनले चालेका कदमहरूको प्रशंसागर्दै भनेका छन, “चुनौती निकै ठूलो छ तर त्यसको सम्बोधनका लागि देखाइएका प्रतिक्रिया पनि व्यापक छन् ।”
जिनिभामा बोल्दै डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गहब्रहयससले भने, “सङ्क्रमणका लगातार बढ्दा घटना अनि चीन बाहिर पनि मानिसबाट मानिसमा सरेका प्रमाण निश्चय नै निकै चिन्ताजनक छन्। हालसम्म चीन बाहिर सङ्क्रमितहरूको सङ्ख्या थोरै नै छ । तर त्यो बढ्ने सम्भावना छ ।”
हाल सङ्क्रमितहरूको सङ्ख्या सात हजार छ । एक सय ७० जनाको ज्यान गएको छ । सङ्क्रमित प्रत्येक पाँच जनामध्ये एक जनामा न्युमोनियाजस्ता गम्भीर समस्या देखिएका छन् । चीनबाहिर १६ देशमा यसको सङ्क्रमण पाइएको बिबिसीले जनाएको छ ।
चीनलाई विश्वको समर्थन र ऐक्यबद्धता आवश्यक रहेको बताए। विगतका सङ्क्रमणबाट पाठ सिकेर विश्वले काम गर्नुपर्ने उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्