राजनीति

शहीदको योगदान सधैँ स्मरणीय : मुख्यमन्त्री राई



विराटनगर, १६ माघ । देश नं १ का मुख्यमन्त्री शेरधन राईले शहीदको योगदान सधैँ स्मरणीय रहने बताएका छन ।

आज शहीद दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईलेभनेका छन, ‘स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान् शहीदको योगदान सधैँ स्मरणीय रहनेछ । आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा उच्च सम्मान अर्पण गर्दछु ।’