काठमाडौँ, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा वसन्तश्रवण गरी टीका प्रसाद ग्रहण गरेकी छन् ।
आज बिहान ९ बजेर ५ बजेको शुभसाइतमा राष्ट्रपति भण्डारीले हुनमान ढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालबाट टीका, माला र फूलप्रसाद ग्रहण गरेकी हुन् ।
उक्त अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुखहरुले वसन्तश्रवण गरी टीका प्रसाद ग्रहण गरे ।










प्रतिक्रिया दिनुहोस्