Banner News

सञ्चार माध्यमले निराशातिर जनतालाई धकेल्ने होइनः प्रधानमन्त्री ओली



काठमाडौ,१७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यम देश र जनताप्रति निष्ठावान हुनुपर्ने बताएका छन् ।

आज नेपाल टेलिभिजनको इटहरी च्यानलको औपचारिक सुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले देश सुशासनको बाटोमा रहेका बेला जनतालाई निराश बनाउन नहुने बताए ।

उनले भने, ‘सञ्चार माध्यम देश र जनताप्रति प्रतिवद्ध र निष्ठावान पनि हुनुपर्छ’ उनले भने ‘अरुलाई दुख दिएर, मानहानी गरेर, तेजोबध गरेर, अरुको वैयक्तिक, पारिवारिक, सामाजिक हैसियतमा क्षति पुर्‍याएर देश समृद्ध हुने होइन ।’ देश सुशासनको बाटोमा रहेका बेलामा हामीले जनतामा नराम्रो कुरा मात्र पस्किने, निराशातिर जनतालाई धकेल्ने होइन, आशावादिता जगाउने, आत्मविश्वास जगाउने काम गर्न जरुरी छ’ ।

सरकारले विगत दुई वर्षमा धेरै महत्वपूर्ण काम गरेको भन्दै प्रधानमन्त्री ओलीले यो कुरा जनतामा सुसूचित गर्ने जिम्मेवारी सञ्चार क्षेत्रकै भएको बताउदै उनले भने, ‘आग्रह, पूर्वाग्रह र दूराग्रहबाट मुक्त भएर उत्तरदायी भूमिका निर्वाह गरेर नेपाली प्रेसले जनताप्रतिको आफ्नो जिम्मेवारी सही ढंगले पूरा गरेको ठहर्छ,नकारात्मकता र पूर्वाग्रहमुक्त स्वतन्त्र र तटस्थ समाचार मार्फत सञ्चार माध्यमले यो भूमिका निर्वाह गर्न सक्छ ।