Banner News

हाम्रो ज्ञान बिक्री गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने हो : मन्त्री अर्याल



काठमाडौँ, १८ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले हाम्रो ज्ञान बिक्री गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने बताएकी छन् ।

काठमाडौँमा शहिद स्मारक जनस्वास्थ्य कलेज सिफलको ११ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री अर्यालले नेपाली माटोमा सुन फलाउन सक्ने जनशक्ति उत्पादनतर्फ लाग्नुपर्ने बताएकी छन् ।

अबको शिक्षा रोजगारमूलक शिक्षा भएको भन्दै मन्त्री अर्यालले रोजगारमूलक शिक्षा आजको आवश्यकता भएको बताइन् । दक्ष जनशक्ति बाहिर पलायन गराउने कार्यको अन्त्य गरेर स्वदेशमै सम्भावनाहरुको खोजी गरिनुपर्ने बताउदै उनले भनिन, ‘अब हामीले हाम्रो ज्ञान बिक्री गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने हो ।’

दक्ष जनशक्ति विदेश पठाएर समृद्ध नेपाल सुदी नेपाली भनेर अर्थ छैन’, मन्त्री अर्यालले भनिन्, ‘विदेश जाने जनशक्तिको उपयोग गर्नुपर्छ । अब हामीले युरोप, अमेरिका, अष्ट्रेलिया पलायन हुने जनशक्ति होइन नेपाली बाटोमा सुन फलाउने जनशक्ति उत्पादन गर्न सकौँ ।’

प्राविधिक शिक्षा बोलीखाने भन्दा पनि गरिखाने शिक्षाको रुपमा परिचित भएको भन्दै मन्त्री अर्यालले पछिल्लो समय गरिएका विभिन्न अध्ययनले पनि प्राविधिक शिक्षाप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको देखाएको बताइन् ।