चितवन, १८ माघ । स्वास्थ्य तथा जनसंख्य मन्त्री भानुभक्त ढकालले चीनमा रहेका नेपालीमा कोरोना भाइरसको जोखिम देखिए सरकारले स्वदेश फर्काउने बताएका छन् ।
चितवनको भरतपुरमा शुक्रबार कुरा गर्दै मन्त्री ढकालले सरकार चीनमा रहेका नेपालीको सम्पर्कमा नै रहेको बताउँदै उहाँले भन्नुभयो, ‘विद्यार्थीहरुसँग दैनिक सम्पर्कमा पनि छौं, उहाँहरुको चाहना पनि हामीले बुझेका छौं, प्रधानमन्त्रीज्यूसँग पनि यो बारेमा छलफल भैरहेको छ, त्यहाँ रहदा जोखिमपूर्ण अवस्था रहन्छ भन्ने भयो भने फिर्ता ल्याउँछौं ।’
कोरोनाको जोखिमलाई न्यूनिकरण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, चितवन, बुटवल, तातोपानी र रसुवागढीमा स्वास्थयकर्मीसहितको हेल्पडेस्क राखिएको मन्त्री ढकालले जानकारी दिदै विमानस्थलमा डाक्टर र प्राविधिकसहितको ८ जनाको टोली राखिएको जानकारी गराउनुभयो । त्यस्तै उहाँले चीनबाट आउनेबित्तिकै १ सय डिग्रीभन्दा बढी ज्वरो आएका व्यक्तिहरुलाई निगरानीमा राखेर हेल्प डेस्क मार्फत अस्पताल लैजाने तयारी व्यवस्था गरिएको जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्