एजेन्सी, १८ माघ । अलिबाबा समूहका संस्थापक ज्याक माले खोलेको ज्याकमा फाउन्डेसनले कोरोना भाइरसको खोप निर्माणका लागि १ करोड ४४ लाख अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ ।
यो रकम कोरोना भाइरसको खोपको अनुसन्धान र निर्माणमा खर्च गरिने फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका संस्थापक ज्याक मा ले खोप निर्माण गरी ठूलो संख्यामा बितरण गर्नु चुनौतीपूर्ण रहे पनि फाउन्डेसनले मानवीय सहयोग गर्न चाहेको बताए ।
प्रतिक्रिया दिनुहोस्