राजनीति

ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटारमा



काठमाडौँ, १९ माघ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा दुवै अध्यक्ष र महासचिवले जवाफ दिएपछि आइतबार समापन हुँदैछ । चार दिनदेखि जारी बैठकको अन्तिम दिन अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिने प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।

यसैबीच, बैठकअघि केन्द्रीय कमिटीमा उठेका प्रश्नबारेमा छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । दुवै अध्यक्षबीच छलफलपछि समान धारणा लैजाने प्रयास भइरहेको नेकपा स्रोतले जनाएको छ ।

१५ वटा विभिन्न समूहबाट राजनीतिक प्रतिवेदन तथा संगठनात्मक पतिवेदनका साथै विधान संशोधन प्रस्तावमाथि आएका सुझाव र प्रश्नहरूबारे प्रचण्ड र विष्णु पौडेलले विस्तृतमा जवाफ दिनेछन् । केन्द्रीय कमिटी बैठकले विभिन्न प्रस्तावहरू पारित गर्नेछ ।