काठमाडौँ, १९ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले गरेका कामको प्रचार हुन नसक्दा पार्टीमा आलोचना भएको बताएका छन ।
राष्ट्रिय सभागृहमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै उनले भने, ‘सरकारको आलोचना केही साथीले गर्नुभएको छ । कम्युनिष्ट पार्टीमा आलोचना हुनु स्वाभिक हो । कतिपय थाहा नभएर, कतिपय बुझेर र कतिपय गर्ने पर्ने कारणले आलोचना भएको हो, हामीले सरकारले गरेका उपलब्धिलाई प्रचार गर्न नसकेर आलोचना भएको हो ।’
मन्त्री बाँस्कोटाले सरकार अहिले मुलुकलाई आधार विन्दुबाट उठेर क्रमशः परिमाण देखिने विन्दुमा आउन थालेको बताउदै उनले भने, ‘पार्टीको एकता जुन उचाइ र गहिराइबाट भएको छ । यसले पार्टीको मूलमर्म, भावना, गति र युगीन चुनौतीलाई कार्यभार पूरा गर्ने छ । पार्टी कसैलाई रहर लागेर बनेको होइन । विभिन्न टुटफुट र विभाजनको अवस्थाबाट बनेका हो, त्यसैले केन्द्रीय कमिटी बैठकमा विभिन्न विचार आउँछन् । त्यसलाई छलफलका माध्यमबाट समाधान गर्नुपर्दछ ।’










प्रतिक्रिया दिनुहोस्