सुनसरी, १९ माघ । सुनसरीमा हायस र नाइट बस एकआपसमा ठोक्किदा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
इनरुवाको सखुवागाछिमा पुर्वतर्फ आइरहेको ना ६ ख ७९५ नम्बरको बस र पश्चिमतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको हायस एक आपसमा ठोक्किदा चार जनाको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जना घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । निजको पहिचान खुलेको छैन ।
मृत्यु हुनेहरुमा माइक्रो बसका चालक दिपक खडका झापा भद्रपुरका ७५ वर्षीय हेमराज दाहाल र ६५ वर्षीया डोलमाया कोइराला रहेका छन् । दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरुको धरान इटहरीमा उपचार भइरहेको छ भने घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्