राजनीति

बालुवाटार जग्गा प्रकरण ‘उच्च अदालतले माग्यो कागजात’



काठमाडौँ, २० माघ । उच्च अदालत पाटनले बहुचर्चित बालुवाटार जग्गा प्रकरणका सम्पूर्ण मिसिल माग गरेको छ ।

जिल्ला अदालतको आदेश उपर परेको दुषित लिखत बदरसम्बन्धी पुनरावेदन मुद्दामा उच्च अदालतले प्रधानमन्त्री कार्यालय, मालपोत कार्यालय, गुठी संस्थान लगायतबाट तथ्यगत कागजात माग गरेको हो । अधिवक्ता दीपकराज जोशीको मुद्दामा उच्च अदालतले २०४७ सालको मन्त्रिपरिषदको निर्णय समेत माग गरेको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश गुणराज ढुंगेलको संयुक्त इजलासले आइतबार सम्पूर्ण फाइल माग गरेको हो । बालुवाटार जग्गा प्रकरण पछिल्लो समयमा चर्चामा छ । अधिवक्ता जोशीले भने उक्त प्रकरणमा समेटिएका केही कित्ता व्यक्तिका नाममा दर्ता गर्ने निर्णय बदरको माग गर्दै यसअघि नै कानुनी प्रक्रिया सुरु गर्नुभएको थियो । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।