समाचार

यातायात कार्यालयका अधिकृत घुससहित पक्राउ



काठमाडौँ, २१ माघ । यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्‍याङ स्वयम्भुमा कार्यरत अधिकृत शिवलाल पौडेल घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सवारी कर र प्रदूषणबापतको रकम तिर्न सेवाग्राहीबाट १३ हजार घुस लिएको र उक्त घुससहित पौडेललाई नियन्त्रणमा लिइएको हो । अख्तियारले घुस दिने दीपक खतिवडाले समेत नियन्त्रणमा लिएको छ ।