गुल्मी, २१ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीलाई अतिरञ्जित र प्रायोजित बनाइएको बताएका छन् ।
गुल्मीमा आजबाट सुरु भएको स्वास्थ्य बीमा घोषणा कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री ज्ञवालीले प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने बताए ।
उनले एमसिसीको विस्तृत रूप (फुलफर्म) थाहा नभएकाहरुले यसका विरुद्धमा बजारमा बहस शुरु गरेको बताउदै उनले चुइगम चपाउँदा रस सकिएर दाँतमा टाँसिने र त्यसको कुनै स्वाद नहुने जस्तै प्रकृतिको बहस एमसिसीका बारेमा अहिले बजारमा चलिरहेको बताए ।
जनताको वर्षौदेखि समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताउँदै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गरे ।










प्रतिक्रिया दिनुहोस्