काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादकको मुटु नभएको भन्ने प्रसंगमा उहाँले सँधै सम्पादकले बलिङ गर्ने गरेको भन्दै यस पटक आफूले ब्याटिङ गरेको प्रतिक्रिया दिनुभयो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छापा, रेडियो र अनलाइनका सम्पादकसँग प्रधानमन्त्री ओलीले मंगलबार समसामयिक विषयमा छलफलका क्रममा प्रधानमन्त्री ओलीले केही समय अघि केही दिनअघि प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामको समाचार बनाउने मन–मुटु भएका सम्पादक नभएको भन्दै टिप्पणी गर्नुभएकोमा उहाँको यो टिप्पणीको आलोचना भएको थियो ।
छलफलका क्रममा ठट्टा गर्दै ओलीले सम्पादकहरुलाई भन्नुभयो, ‘कति तपाईँहरु मात्रै बलिङ गर्नुहुन्छ, कहिलेकाहीँ त मैले पनि ब्याटिङ गर्न पाउनु पर्यो नि !’
प्रधानमन्त्री ओलीले सरकार प्रेस स्वतन्त्रताको विपक्षमा नरहेको स्पष्ट पार्नुभयो । साथै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले कहिल्यै नखुम्चाउने पनि प्रष्ट पार्नुभयो। उहाँले बालुवाटरको जग्गामा भएको अनियमितताबारे छानबिनपछि मुद्दा चलाइने जानकारी गराउनु भयो ।










प्रतिक्रिया दिनुहोस्