Banner News

एमसीसी परियोजना निर्माणका लागि सरकारद्वारा जग्गा अधिग्रहणको सूचना जारी



काठमाडौँ, २२ माघ । एमसीसी परियोजना निर्माणका लागि नेपाल सरकारले जग्गा अधिग्रहणको सूचना प्रकाशन गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले साविकको रातमाटे गाविस वडा नम्बर ६ र ९ तथा हालको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा रहेको करिब ३ सय ८५ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन गरेको हो ।

जग्गा अधिग्रहण गरी त्यसको मुआब्जा पनि नेपाल सरकारले नै तिर्नुपर्ने पूर्वशर्त अनुसार सरकारले जग्गा अधिग्रहणको सूचना बुधबार प्रकाशन गरेको हो ।

सूचना