काठमाडौँ, २३ माघ । संखुवासभा जिल्लामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुटेको छ ।
आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलन आयोजना गरी जलविद्युत कम्पनीले वित्तीय स्रोत जुटेको जानकारी दिएको हो । एसजेभिएन अरुण तेस्रो पावर डेभलोपमेन्ट कम्पनी प्रालिका अनुसार ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा निर्माण गर्न लागिएको परियोजनाका लागि वित्तीय स्रोत जुटेको छ । परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
लगानी बोर्डले बुधबार वित्तीय व्यवस्थाको स्वीकृति दिएपछि लगानी रकम जुटेको हो । जसमा एसबिआईसँगै भारतका पञ्जाब नेशनल बैंक (पिएनबी), एक्जिम बैंक आफ इण्डिया, कानरा बैंक र युनियन बैंकले कुल ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेका हुन् ।
त्यस्तै नेपालको एभरेष्ट बैंकले १० अर्ब २० करोड रुपैयाँ र नबिल बैंकले ५ अर्ब १२ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् ।










प्रतिक्रिया दिनुहोस्