राजनीति

कुनै पनि राष्ट्रघाती सम्झौता हुन दिन्न : सभामुख सापकोटा



काठमाडौँ, २५ माघ । प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटाले देशलाई घात हुने कुनै पनि सम्झौता गर्न नदिने बताएका छन् ।

आज जिल्ला समन्वय समिति सिन्धुपाल्चोकद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै सभामुख सापकोटाले आफू राष्ट्रप्रेमी भएकाले राष्ट्रहित विपरीत कुनै पनि सम्झौता नगर्ने बताएका हुन् ।

सभामुख सापकोटाले आफू यहाँसम्म आइपुग्नुको श्रेय समग्र जिल्लाबासी भएको भन्दै सिन्धुले पाएको यो व्यव ४२ सालदेखि शिक्षक पेशामा रहेर संघर्ष गर्दै पञ्चायती निरशंकुसतामा जेल तथा हिरासत समेत भोग्दै व्यवस्थापिकाको प्रमुख बन्न सफल भएकोमा आफु गौरवान्वीत भएको बताए ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा जिल्लाका सम्पूर्ण स्थानीय तह, विभिन्न सरकारी कार्यालय, विभिन्न संघसंस्था तथा जनसमुदायले बधाई , सम्मान तथा शुभकामना व्यक्त गरेका थिए ।