स्याङ्जा, २६ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्दै सरकारले बोलेर नभई काम गरेर देखाउने उद्घोष गर्नुभएको छ ।
स्याङ्जाको हरिनास गाउँपालिकास्थित मातृभूमि माध्यामिक विद्यालयको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिवद्धता अन्तर्गत नै भर्खरै सरकारले अख्तियारमार्फत नयाँ कदम चालेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘त्यसको शुरुवात स्वरुप अख्तियारबाट सरकारले कारबाही थालनी गरेको छ। सरकार भ्रष्टाचार शून्यमा झार्ने अभियानमा छ । यो हाम्रो प्रतिवद्धता हो ।’
मन्त्री अर्यालले भनिन्। उनले प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले अब सबै विद्यालयमा प्राविधिक शिक्षाको पढाइ हुनुपर्ने बताउँदै शैक्षिक संस्थालाई बेरोजगार उत्पादनको केन्द्र बनाइन नहुने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्