राजनीति

गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशालालाई ११ लाख सहयोग



काठमाडाैँ, २६ माघ । गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले रु ११ लाख ११ हजार १११  सहयोग गरेको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा निर्माण भइरहेको रङ्गशालाको लागी आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाको अध्यक्ष गीताकुमारी गुरुङ ,उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र प्रमुख प्रशसकीय अधिकृत सुकदेव लम्सालले शनिबार सो रकम हस्तान्तरण गरे ।

रङ्गशाला निर्माणमा सहयोग गर्नु सबैको सामूहिक जिम्मेवारी भएकाले आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।