काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारको कामबाट सन्तोष गर्ने ठाउँ नभएको बताउँदै तीन वटै सरकारले आफ्नो कार्यशैलिमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभएको छ ।
आइतवार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले काममा भएको ढिलासुस्तीले सन्तोष गर्ने ठाउँ नभएको बताउँदै उहाँले आफ्नै नेतृत्वको सरकारको कामबाट जनताले पाउने जति लाभ पाउन नसकेको दुखेसो गर्नुभयो ।
सातै प्रदेशका मुख्यमन्त्रीहरु पनि सहभागी हुने उक्त बैठकमा प्रधानमन्त्रीले ओलीले भन्नुभयो, ‘काममा अत्यन्तै ढिलासुस्ती भयो । वैदेशिक लगानीका आयोजनाको काम पनि तीव्र गतिमा हुन सकेन । ‘अपेक्षित विकास योजना पनि समयमा नसकिँदा जनताले पाउनु पर्ने लाभ पनि पाउन समस्या भयो ।’
प्रधानमन्त्री ओलीले विकासको गतिमा पनि तीव्र असन्तुष्टि जनाउँदै भन्नुभयो, ‘जुन गतिले विकास गर्नुपर्ने थियो त्यो गति हामीले पक्रन सकेका छैनौँ । केही उपलब्धी भएका छन् तर सन्तोषजनक भएका छैनन् ।’
ओलीले विसकालाई गति दिन सरकारले अहिलेको कार्यशैली फेर्नुपर्ने बताउँदै जनताले बढी भन्दा बढी लाभ लिन सक्ने अवस्था बनाउन पनि उपस्थित सहभागीलाई आग्रह गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्