काठमाडौँ, २७ माघ । हालका आईजीपी सर्वेन्द्र खनालसहित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले सेवा अवधिका कारण २९ माघमा अवकाश पाउँदैछन् ।
मन्त्रिपरिषदको आजकै नियमित बैठकले नयाँ आईजीपी नियुक्त गर्ने सम्भावना रहेको एकजना मन्त्रीले बताए । सम्भवतः हालका डीआईजी ठाकुर ज्ञवाली नयाँ आईजीपी नियुक्त हुनेछन् । प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल प्रहरी नेतृत्व बन्ने दौडमा छन् ।
२९ माघका दिन नवनियुक्त प्रहरी महानिरीक्षकको स्वागत, पदवहाली तथा निर्देशन सम्बोधनको कार्यक्रम राखिएको भनिएको छ ।










प्रतिक्रिया दिनुहोस्