Banner News

सरकार तानाशाही व्यवस्थामा विश्वास गर्दैन : प्रधानमन्त्री ओली



काठमाडौँ, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तानाशाही व्यवस्थामा विश्वास नगर्ने  बताएका छन् ।

निकासी प्रवर्द्धन केन्द्रले आयोजना गरेको कार्यक्रम बोल्दै प्रधानमन्त्री ओलिले सुशासन कायम गर्ने मामिलामा निजी क्षेत्रसँग केही विवाद रहे पनि सरकार निजी क्षेत्रलाई पेल्ने र बाँध्ने जस्तो तानाशाही व्यवस्थामा विश्वास नगर्ने बताएका हुन् । उनले भने, ‘उत्पादन र उद्यमशीलता विकास गर्दै राज्यलाई योगदान गर्नुस् सरकार सदैव सहयोग गर्न तयार छ ।’

मुलुकका कुनै पनि निकायलाई सरकारले अप्ठ्यारो नबनाउने बताउदै उनले भने, ‘राज्यको कमिसनको लागि कसैलाई पनि अप्ठ्यारो बनाउँदैनाै । हामी लाेकतान्त्रिक व्यवस्थामा छाैं’, ‘तर सुशासन र लाेकतन्त्र तथा पारदर्शितामा सरकार सम्झौता गर्दैन ।’

नेपालबाट सबै वस्तु निर्यातको सम्भावना रहेको भन्दै उनले उत्पादनमा जोड दिन र आयात प्रतिस्थापनमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्दै भने, ‘कानुनी अप्ठ्यारो छ भने व्यवसायी आफैंले कानुन ड्राफ्ट गर्नुस् छलफल गरौंला ।’