तनहुँ, २८ माघ । जिल्लाको भानु नगरपालिकामा कार्यरत इञ्जिनीयर र सोही नगरपालिका वडा नं १३ का वडा सदस्य घुससहित पक्राउ परेका छन् ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर सुकदेव अधिकारी र वडा सदस्य कृष्णबहादुर रु ७५ हजार घुससहित पक्राउ गरेको हो ।
वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस र कार्यसम्पन्न प्रतिवेदन बनाइदिएको जस्ता विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने सूचना तथा कार्यालयमा प्राप्त उजुरीका आधारमा अख्तियारबाट खटिएको टोलीले अधिकारीद्वयलाई नगरपालिकाको कार्यालय परिसरबाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
पक्राउ परेका द्धय विरुद्ध अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्