काठमाडौँ, २९ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँमा गरिने गोष्ठिी तथा सेमिनारले छाउपडी र बोक्सी प्रथा अन्त्य नहुने भन्दै सम्बन्धित क्षेत्रमा गएर बहस चलाउन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘सूचनाको हकका लागि महिला सशक्तिकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले काठमाडौँमा क्रान्तिकारी बहस गरेर व्यावहारीक रुपमा महिला सशक्तिकरण नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘एउटा माथिल्लो नीति निर्माताको तहमा, अर्को कार्यान्वयनकर्ताको तहमा, अर्को आम नागरिकहरु जसलाई आफ्ना हकका कुराहरुको जानकारी चाहिएको छ त्यसको उन्मुलन हो नी त्यसैले प्रधानमन्त्रीले सुख र समृद्धि मात्रै भनेर भएन नी, रातभरी सुत्दाखेरी त्यसैत रजश्वला हुँदा रगत गएर मान्छे कमजोर हुन्छ उसलाई हेरविचारको केयरको आवश्यकता हुन्छ अरु आरामको आवश्यकता हुन्छ त्यो बेलामा रातभरी सर्पले ठुँग्ने हो की अर्को कोही अपराधि आएर हातपात गर्ने हो भनेर चिन्तामा राख्नुपर्ने कुरा बस्नुपर्ने कुरा सुरक्षा भन्दा अर्को भय सिर्जना गर्ने कुरा कुन हक हो ? त्यसैले ठुलोठुलो क्रान्तिकारी बहस गर्नुभन्दा साधारण व्यवहारीक कुराबाट समाजको रुपान्तरण र परिवर्तन तर्फ लाग्नुपर्छ ।’
सूचनाको हक भन्ने कुरा आफ्नो देश, आफ्नो अधिकार र आफ्नो कर्तव्यको बारेमा पनि थाहा पाउने भएको उल्लेख गर्दै उहाँले अधिकार खोज्नेले कर्तव्य विर्षने परिपाटीले वास्तविक सूचना नआउने गरेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्