राजनीति

कांग्रेसद्वारा विधानका ५ व्यवस्था निलम्बन (सूचीसहित)



काठमाडौँ, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी विधानका ५ व्यवस्था निलम्बन गरी क्रियाशील सदस्यता वितरणको व्यवस्थालाई लचिलो बनाएको छ भने कांग्रेसले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यस्यता वितरण गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी विधानको धारा ७१ र ५० (५) को अधिकार प्रयोग गरी विधानका ५ व्यवस्था निलम्बन गरेर आउँदो महाधिवेशनका लागि मात्र क्रियाशील सदस्यतासम्बन्धी व्यवस्था लचिलो बनाएको हो ।

कांग्रेसले निलम्बन गरेका विधानका व्यवस्था यी हुन्

धारा ४ (२) – “एक वर्ष पुगेपछि”
धारा ४ (१०) (ञ)  –“छ महिना”
धारा ४ (१२) (ख) – “नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको”
धारा ३५ (२) (घ) – “भन्दा कम्तिमा एक वर्ष” र “तीन महिना”
धारा ५० (६) – “छ महिना अगावै” र “छ महिना”

कांग्रेसले २०७७ फागुनमा १४ गते महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । उक्त कार्यतालिका प्रभावित हुन नदिन विधानको व्यवस्था निलम्बन गरिएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै फागुन १५ गतेभित्र समाजोजन गर्न जिल्लाहरुलाई निर्देशन दिएको छ । कतिपय समायोजन हुन नसकेको जिल्ला वा समायोजनका क्रममा समस्या उत्पन्न भएमा केन्द्रबाट समुन्वय गर्ने सहमति पनि बैठकमा जुटेको छ ।