काठमाडौँ, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति तथा पूर्वगृहमन्त्री विजयकुमार गच्छदारले सुरक्षाकर्मीको चरम दुरुपयोग गर्नुभएको कुरा खुलेको छ ।
ललिता निवासको प्रकरणमा भ्रष्टाचार मुद्दाका फरार विजयकुमार गच्छदारलाई प्रहरीबाट १३ सहयोगी उपलब्ध गराइएको छ । गच्छदारको घरमा खाना पकाउनेदेखि गाडी चलाउनेसम्म प्रहरी छन् ।
पूर्वगृहमन्त्रीको हैसियतमा उहाँले यसरी सुरक्षाकर्मीको दुरुपयोग गरिरहनुभएको खुलेको हो । भ्रष्टाचार मुद्दा दायर भइसकेपछि पनि उहाँको घरमा खटिएका प्रहरीलाई गृह मन्त्रालयले फिर्ता नबोलाएको छैन ।










प्रतिक्रिया दिनुहोस्