समाचार

भारतमा नेपालीलाई गोली हानी हत्या



सप्तरी, १ फागुन । ग्यारेजको कामका निम्ति भारतको झन्झारपुर गएका सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको गोली हानी हत्या गरिएको छ ।

बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका यादव ग्यारेजकै कामका लागि उक्त स्थान गई ग्यारेज मालिक सत्येन्द्र यादवले राखेको भारतीय नम्बरको स्कारपियो गाडीमा झन्झारपुर गएका उनीमाथि फर्किंदै गर्दा मंगलबार गोली प्रहार गरिएको हो ।

उनलाई घर फर्कने क्रममा पछाडिबाट मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरेको पारिवारिक स्रोतको भनाइ छ । डम्बरको शवलाई नेपाल ल्याएर बुधबार अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।