राजनीति

जनयुद्ध दिवसमा अनेरास्ववियूले उडायो बेलुन



काठमाडौँ, १ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले २५ औं जनयुद्ध दिवसको अवसरमा बेलुन उडाएको छ ।

काठमाडौँमा अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत प्रमुख अतिथिको रुपमा सहभागी विद्यार्थीहरुले प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसबाट ‘२५ औं जनयुद्ध दिवस जिन्दावाद’ लेखिएको ब्यानरसहित बेलुन उडाइएको हो ।

अनेरास्ववियूले फागुन १ गते देशभरका क्याम्पसहरुमा जनयुद्ध र जनआन्दोलनका शहिदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम गर्न सर्कुलर गरेको छ ।