काठमाडौँ, ३ फागुन । साताभरमा शेयर बजार परिसूचक नेप्से शुन्य दशमलव ८ दुई प्रतिशतले बढेको छ । बिहिबार १ हजार ३ सय ४४ दशमलव ५ नौ अंकको बिन्दुमा कायम भएको बजारमा साताभरमा करिब ६ अर्ब ७० करोड रुपैंयाको बराबरको कारोबार भएको छ ।
यस साता शेयर बजार परिसूचक नेप्सेमा शुन्य दशमलव ८ दुई प्रतिशतले वृद्धि देखिएको छ । गत साताको अन्तिम कारोबार दिन १ हजार ३ सय ३३ दशमलव ६ नौ अंकको विन्दु कायम भएको बजारमा यस साता भने १ हजार ३ सय ४४ दशमलव ५ नौ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
यस साता नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो साताको तुलनामा ९ प्रतिशतले घटेको छ। यस साता १ सय ८२ कम्पनीको ७० हजार ९ सय १८ पटकको कारोबारमा ६ अर्ब ७० करोड ७५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । अघिल्लो साता भने ७ अर्ब रुपैंयाभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।
नेप्से परिसूचक बढेसँगै यस साता कूल बजारमा पूँजीकरण पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिनको तुलनामा यस साताको अन्तिम कारोबार दिन कूल बजारमा पूँजीकरण १ अर्ब ४६ करोड रुपैयाँ बढेको छ ।
यस साता सर्वा्धिक कारोबार हुनेमा शिवम सिमेन्ट अगाडि रहेको छ। कम्पनीको यस साता ३ हजार ४ सय १० पटकको कारोबारमा ५० करोड ६७ लाख रुपैयाँ बराबरको ९ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस साता एनआईसी एशिया बैंक र नागरिक लगानी कोषको कारोबार रकम २८ करोड रुपैंयाले नाघेको छ ।
यस साता शेयरमूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा भने नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । कम्पनीको शेयरमूल्य यस साता १७ दशमलव ६ चार प्रतिशत बढेको छ । यस साता १२ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ ।










प्रतिक्रिया दिनुहोस्