राजनीति

निर्मला पन्तका हत्यारा अब उम्किन असम्भव : प्रधानमन्त्री ओली



काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा अब उम्किन असम्भव भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले यसअघि निर्मला हत्या प्रकरणका दोषीलाई जोगाउन र पक्राउ परिसकेका व्यक्तिलाई छुटाउन र घटना बिथोल्न अनेकौँ प्रयास भएको उल्लेख गर्दै अब निर्मला हत्याका दोषी नउम्कने बताउनुभयो ।

‘निर्मला हत्याकाण्डका दोषी अब उम्कन सम्भव छैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दोषीले अब कानुनको कठघरामा उभिनै पर्नेछ ।’