काठमाडौँ, ४ फागुन । भारतीय बजेटले नेपाली अर्थतन्त्रमा परेको प्रभावबारे सरकारले अध्ययन थालेको छ ।
अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग मिलेर यस्तो अध्ययन थालेको हो । भारतीय बजेटले नेपाली कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता ध्वस्त पारिदिने टिप्पणी आएपछि सरकारले अध्ययन थालेको अर्थमन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यले जानकारी दिए ।
राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षामा पनि भारतीय बजेटको प्रभावसँग जुध्न नीतिगत व्यवस्था अपनाउनुपर्ने निजी क्षेत्रका प्रतिनिधिले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले भारतले व्यावसायिक कृषिलाई प्रोत्साहन गर्न र निजी क्षेत्रको लगानी प्रबद्र्धन गर्न लिएको नीतिबाट नेपालले सिक्नुपर्ने बताए ।
भारतले नयाँ बजेटमार्फत आयकर कटौती गरेपछि व्यवसायीले अहिलेकै अवस्था रहे नेपालबाट पुँजी पलायन बढ्ने बताउँदै आाएका छन् । एकातिर नेपाल आउनसक्ने सम्भावित विदेशी लगानी भारततिर सोझिने र भएको लगानी पनि भारत पलायन हुनेभन्दै निजी क्षेत्रले सरकारको ध्यानकर्षण गर्न खोजेको छ । सरकारी पक्ष भने अध्ययन पछि मात्रै यसबारे औपचारिक धारणा राख्ने बताउँछन् । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्