समाचार

ट्याक्टरबाट लडेर एक युवकको मृत्यु



झापा, ४ फागुन । बाह्रदशी गाउँपालिकास्थित गच्छीमारीको भित्री सडकखण्डमा एक युवकको गुडिरहेको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त ६८२३ नम्बरको ट्याक्टरबाट लडेर सोही गाउँपालिका–२ गच्छीमारीका २० वर्षीय सुनिल मुर्मुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।