काठमाडौँ, ४ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् ।
दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा आइतबारदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि मन्त्री पोखरेल कालापानी क्षेत्रको भ्रमणमा जान लागेका हुन् ।
उनी नेपाली सेनाको हेलिकप्टरबाट दार्चुला पुग्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिंह ठगुन्नाले जानकारी दिए। उपप्रधानमन्त्री पोखरेलको टोलीमा रक्षा मन्त्रालयका एक सहसचिव र नेपाली सेनाका उच्च अधिकारीको समेत सहभागी हुनेछन् ।
भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ । उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहने जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्