काठमाडौँ, ४ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहज समयको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सरकार असफल भएको दावी गर्नुभएको छ ।
आज पत्रकार सम्मेलन गरी उहाँले शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचनमार्फत तुलनात्मक रुपमा सहज राजनीतिक वातावरण बनेको, नेकपाको बहुमत र लामो समय तेस्रो दलको साथका कारण बनेको दुई तिहाई र सालिन प्रतिपक्षका कारण सरकारलाई सहज समय भएको उल्लेख गर्नुभयो ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले दोस्रो वर्ष सरकार पास मार्क ल्याउन नकेकेको टिप्पणी गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको दोस्रो वर्षको समीक्षा गर्दै उसले पास मार्क समेत दिन नसकिने बताएको हो ।










प्रतिक्रिया दिनुहोस्