समाचार

घुर ताप्दा जलेर एक महिला गम्भीर घाइते



वीरगञ्ज, ५ फागुन । घुर ताप्ने क्रममा पर्साको छिपहरमाई गाउँपालिका – ५ भिस्वामा एक महिला जलेर गम्भीर घाइते भएकी छन् ।

 स्थानीय ५० बर्षीया सायरा खातुन जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नारायणी अस्पतालमा ल्याइएको छ ।

पहिलेदेखि नै बिरामी रहेकी उनी आइतबार बिहान घुर तापेर उठ्ने क्रममा आगोले भेटेको थियो । आर्थिक अवस्था कमजोर रहेका कारण मियाँ परिवारले आगोले पोलेपछि पनि सायरालाई उपचारका लागि स्वास्थ्य संस्था लगेका थिएनन् ।

स्थानीय ताराचन्द पण्डितको पहलमा छिपहरमाई गाउँपालिका प्रमुख मनोज गुप्ताले एम्बुलेन्सको व्यवस्था गराइदिएपछि उनलाई नारायणी ल्याइएको थियो ।

रजाक मियाँले पनि श्रीमती सायराको उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।