काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने आफूले बाँसुरी बजाएको मात्र आउने गरेको गुनासो गरेका छन् ।
आज सरकारले काठमाडौंमा बिजुलीका तार भूमिगत गर्ने काम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको काम अघि बढाउँदा किन पिर परेको भनेर उनले प्रश्न पनि गरेका छन ।
उनले भने भने, ‘यति धेरै काम गरिरहेका छौं, तर समाचार खालि बाँसुरी बजाएको मात्र आउँछ । देश विकास भएको किन देखीसहँदैनन् ?’ ‘कसैकसैको बौद्धिकता देख्दा गजब लाग्छ । विकास मजाक होइन, यो साझा नारा र कर्तव्य हो ।’
हाल दार्चुलामा मात्र दुई वटा तुइन बाँकी रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले त्यही तुइनको फोटो देखाएर सरकारको आलोचना गर्ने गरिएको बताए ।










प्रतिक्रिया दिनुहोस्