राजनीति

कालापानी क्षेत्र अवलोकन गरी फर्किए उपप्रधानमन्त्री पोखरेल



काठमाडौँ, ५ फागुन । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको टोलीले कालापानी क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेर फर्किएका छन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आज बिहान साढे ८ बजेतिर दार्चुलाको सदरमुकाम खलंगाबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टरबाट कालापानी क्षेत्रको लागी उडेको टोली विहान ९ बजे तिर फर्किएको हो ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलको टोलीमा दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेष सिह ठगुन्ना, सुदुरपश्चिम प्रदेशका उप–सभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्यहरु गेल्वु सिह बोहरा र मान वहादुर धामी सहित उप–प्रधान मन्त्रीका ६ जना सुरक्षाकर्मीहरुकोे टोलीले कालापानी क्षेत्रको अवलोकन गरको जनाइएको छ ।

कालापानी क्षेत्रमा अत्याधिक हिमपातका कारण हेलिकप्टर ल्यान्डीङ हुन नसके पनि हेलीकप्टर बाटै ब्यास गाउँपालिकाको वडा न १ छाङरु, तिंकर लगायत कालापानी क्षेत्रको अवलोकन गरेको हो ।

दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ क्षेत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र रहेको छ ।