राजनीति

आवश्यकताले कानुन मन्त्रालयको जिम्मेवारी पाए : मन्त्री तुम्बाहाङ्फे



काठमाडौँ, ६ फागुन । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले आवश्यकताले कानुन मन्त्रालयको जिम्मेवारी पाएको बताएकी छन् ।

पदभार सम्हालेपछि आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री तुम्बाहाङ्फेले मन्त्रालयको जिम्मेवारी कसैले दिएको नभई आवश्यकताले दिएको बताइन् ।

उनले भनिन्, ‘यो लिने दिने चिज होइन । यो आवश्यकता हो । आवश्यकताले मन्त्रालयको जिम्मेवारी पाइएको हो ।’ उपसभामुख पदमा रहेका काम गर्दाको अवस्था र अहिलेको अवस्था फरक रहेको उल्लेख गर्दै तुम्बाहाङ्फेले संसदमा सिस्टम बसालेर आफू बाहिरिएको बताइन् ।