काठमाडौँ, ६ फागुन । आज मङ्गलबार पूर्वी पहाडको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको अनुसार नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भेगमा न्यून चापीय प्रणालीकाे असर देखिएकोले पहाडी भेगमा दिनभर बदली भइ पूर्वी पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
आज काठमाडौँ उपत्यकाका धेरैजसो ठाउँमा दिनभर नै तुवाँलो लाग्ने र तुवाँलो हट्न पानी पर्नुपर्ने वा हावा तात्ने गरी घाम लाग्नुपर्नेमा त्यो दुवै नभएकोले मङ्गलबार पनि तुवाँलो लागिरहने महाशाखाले जनाएको छ । ।
तुवाँलोसँगै हावामा धुलो, धुवाँ र बालुवाको मसिनो कण धेरै रहेकोले घरबाहिर निस्कँदा मास्क (मुखावरण) लगाउन डाक्टरहरुले आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्