अर्थ

आजको सुनचाँदीको मुल्य



काठमाडौँ, ६ फागुन । आज मंगलबार सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७६ हजार ७ सय रुपैयामा कारोबार भईरहेको छ भने तेजाबी सुनको भाउ प्रतितोला ७६ हजार ४ सय रुपैयामा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।