राजनीति

राष्ट्रपति भण्डारीद्वारा ३२९ कैदीको कैद मिनाहा



काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ७० औं प्रजातन्त्र दिवसको अवसरमा ३२९ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा आज (फागुन ७ गते) देखि लागू हुने गरी ३२९ जना कैदीको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गर्ने व्यवस्था छ ।