सिराहा, ७ फागुन । लक्ष्मीपुर पतारी गाउँपालिका–६ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मंगलबार राति नम्बर नखुलेको मोटरसाइकलकको ठक्करबाट गम्भीर घाइते भएका सिराहाकै सितापुर बस्ने ६० वर्षिय शिव नारायण यादवको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलसहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी सितापुरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्