समाचार

ब्राउन सुगरसहित एक जना पक्राउ



जनकपुरधाम, ९ फागुन । लागूऔषध ब्राउन सुगरसहित सिराहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार ४६ वटा सानो पोका बनाएर बोकेको अवस्थामा करिब २ ग्राम ३० मिली ग्राम ब्राउन सुगरसहित नरहा गाउँपालिका-५  का २० वर्षीय इन्द्रजीत यादवलाई हनुमान चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।