काठमाडौँ, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले लिएको विकास र समृद्धिको यात्रामा अरुको प्रगतिमा डाहा गर्ने भन्दा पनि आफुले त्यो भन्दा बढी प्रगति गर्ने विषयमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
रत्न पुस्तक भण्डारले प्रकाशन गरेको, राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले विमोचान गरिएको पुस्तक आज प्रधानमन्त्री निवास बालुवाटारमा आफूले लेख्नुभएको पुस्तक ‘भिजन टु एक्सन’को विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार छिमेकीहरुसँग पारस्परिक सम्बन्ध राखेर अघि बढ्न खोजिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले जाँच दिँदा अरुको कापी च्याथिदिनेले भन्दा त्यो भन्दा राम्रो लेखेर उत्कृष्ट हुने प्रयास गर्नेले प्रगति गर्ने बताउँदै उहाँले भन्नुभयो, ‘सधै जाँच दिँदा अरुको कापी च्यात्ने होइन, अरुको भन्दा राम्रो लेख्ने प्रगतिपथमा अगाडि बढ्छन् । क्रियशन र भिजन भएका व्यक्ति नै हो, आफू पनि अगाडि बढ्ने र मुलुक पनि अगाडि बढाउने उसैले हो ।’
प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुकसँग सम्बन्ध सन्तुलित बनाउँदै अगाडि बढ्नु पर्ने जोड दिँदै उहाँले भन्नुभयो, ‘सूर्यको वरिपरि ९ ग्रह सन्तुलनमा घुमिरहन्छन् । उनीहरुलाई सन्तुलनमा राख्न डोरी बाँध्न र झुण्ड्याउन आवश्यक पर्दैन । त्यसैगरी हामीले भिन्न-भिन्न विचार राख्ने दुई ठूला छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नु पर्छ । सरकार त्यही नीति अख्तियार गरेर अगाडि बढिरहेको छ ।’










प्रतिक्रिया दिनुहोस्