भक्तपुर, १० फागुन । राष्ट्रिय राजनीति, सरकार तथा सदनको प्रतिपक्षमा शुन्य भूमिकामा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भक्तपुरमा भने व्यापक मात्रामा झुटको खेती गरेको पाइएको छ ।
भनिन्छ भिरबाट लडेको गाईलाई राम राम भन्न सकिन्छ तर काँध थाप्न भने सकिदैन । यसको यथार्थको रुपमा भक्तपुरमा कांग्रेसको हविगत पनि उस्तै देखिएको छ । भक्तपुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले थालेका विकासका योजना देखेर कांग्रेसको चिट चिट पसिना आएको देखिएको छ । त्यसैले गर्दा कांग्रेसले आगामी दिनमा भक्तपुरमा कांग्रेसले राजनीतिक विढो कसरी थाम्ने ? भन्ने रहेको छ ।
भक्तपुरमा सांसद बस्नेतको नेतृत्वमा भएको विकास र समृद्धिको मुलुककै लागि उदाहरणीय भएको र जनताको विकास प्रतिको सपना पुरा हुँदै गएकाले कांग्रेसले पुनः जनतालाई झुक्याएर जनताको विकास प्रतिको चाहना र सपनालाई कुण्ठीत गर्ने प्रयास गरेको देखिन्छ । विकासको विरोध तथा आफ्नो पार्टीमा प्रवेश नै नगरी मित लगाउन वोलाएर फोटो खिचाउँदै नेकपा छोडी कांग्रेसमा पार्टी प्रवेश गरेको भनि अनावश्यक प्रचारवाजी गर्नुलगायतका कांग्रेसका असंख्य नकरात्मक कार्यहरुलाई घृणीत रुपमा प्रस्तुत गरेका छन् ।
शुक्रबार भक्तपुर जिल्लाको गुण्डुमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले नेकपा छाडेर नेपाली कांग्रेस प्रवेश गर्नेमा मदन तामाङ, तीर्थ तामाङसहित दुई दर्जन रहेको भन्ने कुरा अनावश्यक प्रचारको गरेको पाईएको छ। कांग्रेसले सूर्यविनायक नगरपालिका वडा नं. ७ मा नेकपाका दर्जनौं कार्यकर्ता कांग्रेसका प्रवेश गरेको भनि झुक्याएको प्रमाण भेटीएको छ । विकास तामाङसहिताको टिमलाई घ्याम्पेडाँडामा फागुन ८ गते मित लगाउने र मित लगाएको उपलक्ष्यमा भव्य पार्टी गर्ने भनि वोलाएर पार्टी प्रवेश गरेको भनि गरिएको गलत प्रचारको तामाङसहितको टोलीले कडा रुपमा आपत्ती जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्