समाचार

आजको राशिफल



आज २०७६ साल फागुन ११ गते आइतबार, फागुन कृष्ण पक्ष औंसी

मेष (चुचेचोलालिलुलेलोअ)

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ ।

वृष (इवाविवुवेवो)

टाढिएका परिवारजनसँग भेटघाट हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।आत्मिक सन्तुष्टि पनि मिल्ला ।

मिथुन (काकिकुकेकोहा)

शुभकार्यको चर्चा चल्नेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

वैदेशिक कार्य अघि बढ्नेछ । रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । महिला वर्ग बाट सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कन्या (टोपापिपुपेपो)

पढाइ लेखाइमा प्रगति हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसँग भेट रहला ।

तुला (रारिरुरेरोतातितुते)

कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । पैतृक सम्पत्तिमा बिवाद बढ्नेछ । उपलब्धि हात पार्न नसकिएला । अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।

धनु (येयोभाभिभुधाफाढाभे)

नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मुद्दा मामिलामा सफलता पाईनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

साथीभाईसँग रमाइलो भेटघाट हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आकस्मिक धन लाभ होला ।

मीन (दिदुदेदोचाचि)

मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । पैसापनि फस्न सक्नेछ, तर घर व्यवहारको समस्या हल हुनेछ ।

साभारः हाम्रो पात्रोबाट