काठमाडौँ, ११ फागुन । गृहमन्त्री रामबहादुर थापा बादलले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुने बताएका छन् ।
आज मकवानपुरको हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले बिहीबार राजीनामा दिएका बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्ने बताएका हुन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार राजीनामा दिएका थिए ।
नेकपा सचिवालय बैठकमा पार्टीबाट पनि छानबिन हुनु पर्ने माग उठिरहेको बेला सचिवालय सदस्य रहेका थापाले बाँस्कोटाविरुद्ध सरकारका निकायले मात्रै छानबिन गर्ने बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्