समाचार

मुस्ताङमा मलेसियन नागरिकको मृत्यु



काठमाडौँ, १२ फागुन । नेपाल घुम्न आएका ६६ वर्षीय मलेसियन नागरिक राजलिङ्गमको मुस्ताङमा मृत्यु भएको छ ।

बारागुङ मुक्ति क्षेत्र गाउँपालिका १ रानीपौवामा बिहान साढे १० बजे उनी मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कने क्रममा बेहोस भएर ढलेको र उपचार गर्न जिल्ला अस्पताल जोमसोम पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको जनाइएको छ ।