विश्व

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघ्यो



एजेन्सी, १२ फागुन ।कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ ।

सीएनएनका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जनाको मृत्यु भएको हो । कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३० जना पुगेको छ ।

कोरोना भाइरसका कारण इटालीमा तीन जनाको मृत्यु भएको छ भने १ सय ५२ जना संक्रमित भएका छन् । त्यस्तै दक्षिण कोरियामा कोरोना भाइरसको कारण ६ जनाको मृत्यु भएको छ ।

६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । एकै दिन अरु २ सय नयाँ बिरामी थपिएका हुन् । चीनबाहिर यो सबैभन्दा धेरै संक्रमण हो ।